काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी सुरु गरेका थिए ।
कार्यक्रममा होहल्ला भएपछि नेता पौडेलले भिडलाई हल्ला नगर्न बारम्बार अनुरोध गर्नुभयो ।‘तपाईंहरूको यो हल्लाले आफ्नै उद्देश्य र आफैंलाई क्षति पुर्याउने काम नगर्नुस्,’ नेता पौडेलले नेता कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो ।आफ्नो आग्रहलाई भिडले नटेरेपछि पौडेलले देउवालाई हात समातेर मञ्चसम्म ल्याउनुभएको थियो ।
कार्यक्रममा महामन्त्रीका प्रत्यासी डा. मिनेन्द्र रिजालले पटकपटक ‘हात जोडेर’ हल्ला नगर्न बिन्ती गर्नुभएको थियो । चियापान समारोहमा सभापतिका प्रत्यासीद्वय देउवा र शेखर कोइरालासँग वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।सम्बोधनको क्रममा पौडेलले भने, ‘यो चियापान कार्यक्रम सम्मानको लागि हो । अपमान हुने काम नगर्नुहोस् ।’सोही कार्यक्रममा केही प्रतिनिधि तथा कार्यकर्ताहरूले रामचन्द्र पौडेललाई पनि मौन नबस्न भन्दै नाराबाजी गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्