काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गर्नुभएको हो । आजको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध गरेका थिए ।
आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरिएको छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्