जनता टाइम्स

१५ असार २०७६, आईतवार ०९:०७

उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्छौःअध्यक्ष विकासमान श्रेष्ठ


ललितपुर, १५ असार

ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्ने बताउनु भएको छ ।

लगनखेलमा शनिवार आयोजित महालक्ष्मी महिला समुहको पाँचौ बार्षिक साधारण सभामाउहाँले सो कुरा बताउनु भएको हो ।

महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने प्रयास बारेको प्रसगं कोट्याउदै उहाँले भन्नुभयो,‘महिला समुहमा आवद्ध ईच्छुक महिला सदस्यहरुलाई उद्यम गर्नका लागि २ बर्षमा सावा फिर्ता गर्ने गरि वडाले अब १ लाखका दरले निर्ब्याजीमा बिज रकम उपलब्ध गराउने छ ।’

वडा अध्यक्ष श्रेष्ठले उक्त बिज रकमबाट वडावासी महिलाहरुलाई अर्थिक रुपमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने दावी गर्नुभयो ।

कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, थसिखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।