काठमाडौं । नेपाली कांग्रेसको सभापतिको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन जनाउने घोषणा गरेपछि धेरैले सिंहको आलोचना गरे । मंगलबार बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार कसैले पनि बहुमत नल्याएसँगै धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच निर्वाचन हुने अवस्था सिर्जना भएपछि सिंहले देउवालाई समर्थन जनाउने घोषणा गर्नुभएको थियो ।
देउवासँगको सहमतिपछि मिडियासँग कुराकानी गर्ने क्रममा सिंहका सहयोगीले गरेको फेसबुक लाइभमा बहुसंख्यकले उहाँको आलोचना गरे । सिंहको निर्णय गलत भएको अधिकांशको भनाई छ । कतिपयले नेपाली जनतालाई भेडो भन्ने सर्वमान्य नेता गणेशमान सिंहको भनाई उल्टो भएको भन्दै उहाँकै छोरा प्रकाशमान सिंह भेडो भएको प्रतिक्रिया समेत दिए ।
प्रकाशमानले समर्थन गरेसँगै सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि बाध्य भएर देउवालाई समर्थन गर्नुभएको हो । देउवाको खरो आलोचना गर्दै आउनु भएका सिंहले उहाँलाई समर्थन गर्दा धेरै आश्चर्यमा परे ।
उहाँले देउवा अयोग्य र असक्षम रहेको भन्दै उहाँबाट देश र पार्टी दुवै चल्न नसक्ने बताउँदै आए पनि अहिले भने समर्थन गरि देउवाको शरणमा गए जस्ता सामाजि संजालमा देखा परेका छन् । सिंहले देउवालाई समर्थन गर्ने घोषणा गरेसँगै कांग्रेसमा नेतृत्व परिवर्तन गर्ने संभावना न्यून भएर गएको छ । अब पनि काँग्रेसमा नेतृत्व परिवर्तन नभएर सो पार्टी प्रजा परिषद हुने कतिपय बुद्धिजीवीले बताउँदै आएका छन् । सर्वमान्य नेता गणेशमान सिंहले २०४६ सालको परिवर्तनपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको थियो । गणेशमान कै छोरा भएकाले प्रकाशमान सिंहलाई काठमाडौंवासीले चुनाव जिताउँदै आए पनि उहाँहरुको भावनाविपरित देउवालाई समर्थन गर्न पुग्नु भएको थियो । उहाँहरुको समर्थन पछि नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो । महाअविशेनपछि काँग्रेसमा गुटगत तिक्ता झनै बढने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्