जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १७:४६

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी


सुर्खेत, मंसिर २९ । चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन । चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले पदाधिकारीविनाको प्रदेश कमिटी गठन गरेको हो ।