काठमाडौँ, २९ मंसिर । काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननर सिंह केसीले अहिले सचेत नभए कांग्रेस तस्करको पार्टी हुने बताउनुभएको छ। शेखर कोइरालाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै केसीले यस्तो बताउनुभएको हो । ‘सानो झुण्डबाट चलाउने पार्टीलाई तोड्नु आवश्यक छ। पार्टी हुकुमी शैलीबाट होइन, व्यक्तिबाट होइन विचारबाट चल्नुपर्छ,’ उहाँले भन्नुभयो पार्टीभित्रको निरकुंशताविरुद्ध लडिरहने उहाँले बताउनुभयो । ‘हामीले स्वार्थविहीन संकल्प गरौं।
पार्टीभित्र पारदर्शीता स्थापित गरौं,’ उहाँले भन्नुभयो । सानो झुण्डबाट पार्टी चल्न नसक्ने उहाँको भनाइ थियो। नेपाली कांग्रेसका नेता एवम् महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिनुभएको छ । १४औँ महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो , ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला ।
उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उहाँँले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्