जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार २२:२२

सभापतिमा आफ्नै दाजु शेखर कोईरालालाई धोका दिएकी सुजताको उपसभापतिमा लज्जास्पद मत


काठमाडौं, मंसिर २९  । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापति पदको मतगणना जारी रहेको छ । जारी मतगणनामा काँग्रेसका पूर्व सभापति स्व। गिरिजाप्रसाद कोईरालाकी सुपुत्री सुजता कोईरालाले सोचे अनुसार मत पाउन सक्नुभएको छैन । उहाँ पराजित हुने लगभग निश्चित भएको छ ।
उहाँले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिनुभएको थियो । आफ्नै दाजु शेखर कोईरालालाई धोका दिँदै उहाँ सिंहको प्यानलमा जानुभएको यिो । सभापति पदको दोश्रो चरणको निर्वाचनमा उहाँले आफ्नै दाजु शेखरलाई धोका दिँदै शेरबहादुर देउवाको पक्षमा लाग्नुभएको थियो , कांग्रेस पार्टी कार्यालय सानेपामा गणना जारी रहेको हो ।