काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको जारी मतगणनामा पूर्णबहादुर खडकाले अग्रता लिनुभएको छ । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजले यसअघिको परिणामबारे आधिकारिक जानकारी दिँदै खडकाले अग्रता लिएको जनाएको हो ।
यसअघि ४ हजार मत गणनाको परिणाम सार्वजनिक गरेको सो फेसबुक पेजले सवै परिणाम हटाउँदै आधिकारिक भनेर२८६७ मत गणनाको परिणाम सार्वजनिक गरेको छ । सो पेजका अनुसार खडकाले १३२१, बिजय गच्छद्धारले १३१३, धनराज गुरुङले १२६७ र डा.चन्द्र भण्डारीले १११५ मत ल्याउनु भएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्