काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिनुभएको छ ।
सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि पर्नुभएको छ । पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना भइसकेको छ । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार सहेका खड्काले १६३४ मत पाएका पाउनुभएको छ भने गच्छदारले १४४३ मत पाउनु भएको छ ।
डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाउनुभएको छ । सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्