जनता टाइम्स

१ पुस २०७८, बिहिबार १३:३५

कांग्रेस महामन्त्री : जितको दौरानमा गगन, दोस्रोमा शर्मा


काठमाडौं, १ पुस । नेपाली कांग्रेस महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामलाई हेर्दा संस्थापनइतर समूहका उम्मेदवार गगन थापा जितको दौरानमा देखिनुभएको छ । मतगणनाको सुरूदेखि नै ठूलो अन्तरालका साथ गगनले अग्रता लिइरहनुभएको छ ।

यहि स्पिडमा मतपरिणाम आए गगनले सहज जित्ने निश्चित देखिन्छ । दोस्रो स्थानका लागि भने मतपरिणाममा तीब्र प्रतिस्पर्धा देखिएको छ । प्रकाशमान सिंहको प्यानलबाट उठेका विश्वप्रकाश शर्मासित शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेल र प्रकाशशरण महतले कठिन संघर्ष गरिरहनुभएको छ ।

महामन्त्रीको ताजा मत परिणाम :
२३२१ मतगणनामा

गगन कुमार थापा – १५०८
प्रकाश शरण महत – ७६५
प्रदिप पौडेल – ६७९
मिनेन्द्र रिजाल – ४०२
राजाराम कार्की – ६३
विश्व प्रकाश शर्मा – ९४२