काठमाडौं, पुस १ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उहाँको स्पष्ट अन्तराल देखिएसँगे जितको सुनिश्चित देखिएको हो । पहिलो नम्बरमा रहेका गगन थापाले १९१२ मत पाउनु भएको छ ।
स्रो स्थानमा रहनुभएको विश्वप्रकाश शर्माले ११८३ मत ल्याउनु भएको छ ।
तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले ९६३ मत ल्याउनुभएको छ ।चौंथो स्थानमा रहेका प्रदीप पौडेल ८७१ मत पाउनु भएको छ । पाँचौं नम्बरमा मीनेन्द्र रिजालले ४९८ मत पाउनु भएको छ । अन्तिममा रहनुभएको राजाराम कार्कीले भने ७१ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्