जनता टाइम्स

३ पुष २०७८, शनिबार १०:२५

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु


काठमाडौं, पुस ३ । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ ।

कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले शेर्पा र राई सवार सवारी साधनलाई बगाउँदा दुवै जनाको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि आएको बाढीले अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।

मृतक शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुग्नुभएको थियो । उहाँहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका छन । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।