पोखरा, पुस ३ । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा मोहन कुमार गुरुङ चयन हुनुभएको छ । अध्यक्ष कृष्ण थापा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि रिक्त भएको अध्यक्ष पदमा गुरुङ चयन हुनुभएको हो ।
उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । जिल्ला कमिटी बैठकले उपाध्यक्ष गुरुङलाई अध्यक्षमा चयन गरेको हो । गुरुङ गण्डकी प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्