जनता टाइम्स

३ पुष २०७८, शनिबार १८:२०

एमसीसी पारित गर्न देउवाले बोलाए सर्वदलीय बैठक


काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई सर्वसम्मत रूपमा पारित गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकको एजेण्डामा संसदको अवरोध हटाउने र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।