जनता टाइम्स

१५ असार २०७६, आईतवार १४:५०

नेपालमा पसल र कलेज खोल्नु एउटै छ, दुबै नाफा मात्र हेर्छन्: प्रधानमन्त्री ओली


काठमाडौं,असार १५

प्रधानमन्त्री केपी शर्मा ओलीले पसल खोल्नु र कलेज खोल्नु एउटै भएको बताउनु भएको छ । काठमाडौंमा श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै कुन ठाउँमा कुन विषय पढाउने कलेज आवश्यक छ अध्यायन नगरी कहाँ कलेज खोल्दा धेरै नाफा हुन्छ त्यहाँ कलेज खाेल्ने होडबाजी भएको बताउनु भएको छ ।

‘ बेरोजगार उत्पादन गर्ने हाम्रो शिक्षालाई रोजगार दिने शिक्षामा परिणत गर्नुपर्छ’, उहाँले भन्नुभयो‘अहिले  कलेजले दिएकाे प्रमाणपत्रले रोजगार दिदैन।’

उहाँले अब सरकारले जिवन उपयोगी शिक्षामा जोड दिने बताउनु भयो । यसले बेरोजगारको समस्या सामाधान गर्ने   भन्दै कुन क्षेत्रमा कस्ता जनशक्ति चाहिएको हो त्यस्तै उत्पादन गर्नुपर्ने बताउनु भयो ।

‘ अहिले अन्धाधुन्दा पढाउने काम भएको  छ कुन क्षेत्रमा कति जनशक्ति चाहिएको हो, कहाँ कस्तो विषय पढाउने कलेज चाहिएको हो त्यहि उत्पादन गर्छौ’ उहाँले भन्नुभयो ।

एक नगरपालिकाको उदाहरण दिदौ भन्नुभयो‘ नगरपालिकाले त्यहाँका थुप्रै बेराेजगार युवाहरुलाई कपाल काट्ने तालिम दिएछ । सबैले सिप सिके तर कपाल काट्ने टाउका नै  भेटेनन् तिनीहरुको शिप काम लागेन, त्यसैले शिप पनि कहाँ कस्ता मान्छे आवश्यक छ त्यस्तालाई दिनुपर्छ ।’

अहिले नेपालमा कुन क्षेत्रमा कति कामदार आवश्यक छन् कुनै तथ्याङ्क नभएको भन्दै यसको अध्यायन भैरहेको बताउनु भयो ।‘हामी अहिले अरुले दिएको तथ्याङ्कलाई विश्वास गरेर काम गरेका छौं तर हाम्रो वास्तविक तथ्याङ्क कति हो सरकारलाई नै थाहा छैन ।’

उहाँले आफु प्रधानमन्त्री पदमा बसुन्जेल यस्ता समस्या सामाधन गरेरै छाड्ने दाबी गर्नुभएको छ ।