जनता टाइम्स

५ पुष २०७८, सोमबार १२:४८

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ५ पुस । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।