बुटवल, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताउनुभयो । उहाँको मृत्युको कारण खुल्न सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्