बिराटनगर, पुस १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा ओलीले यस्तो बताउनु भएको हो ।
‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो । ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सञ्चय गरिरहने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनले सबै कुराको छिनोफानो गर्ने बताउनु भयो ।
‘आगामी निर्वाचनमा सवै कुरा स्पष्ट हुन्छ, जनताले सवै कुराको छिनोफानो गर्नेछन,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्