जनता टाइम्स

११ पुष २०७८, आईतवार १४:५४

खोप नलिने अमेरिकी सेनाको जागिर ‘चट्’


वासिङ्टन, ११ पुस । अमेरिकी सेनाले आदेश दिए बमोजिम कोरोना भाइरस विरुद्धको खोप दिन अस्वीकार गर्ने ६६ जना सैनिकलाई साताभित्र पदमुक्त गरिएको छ । अहिले अमेरिकामा कोरोनाको नयाँ रुप ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या वृद्ध भएयता खोपलाई निकै जोड दिइएको छ । अहिलेसम्म यो समेत गरी अमेरिकामा खोप नलिएकै कारण जागिर गुमाउने सैनिकको कूल संख्या १ सय ६९ पुगेको छ ।

मरिन कोप्र्स मिसनले एक विज्ञप्ति मार्फत भनेको छ,‘अहिले मानिसहरुमा निकै तीव्र गतिमा कोरोना भाइरस फैलरहेको अवस्थामा हाम्रो मरिन र मरिन कोप्र्स मिसनमा निकै खतरा बढेको छ । कम्तिमा आंशिक रुपमा खोप लगाएका सेनाको संख्या पनि गत साताकै जति अर्थात ९५ प्रतिशत नै यथावत रहेको छ ।’

प्रतिरक्षा विभागको दोस्रो वरियताका अधिकारीको निकट रहेका व्यक्तिहरुमा संक्रमणको घटना बढेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत साता उप रक्षामन्त्री क्याथलिन हिक्ससँगै हवाइ, क्यालिफोर्निया र नेव्रास्काको भ्रमण गरेका सातजना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको बिहीबार जनाएको छ । हिक्सलगायत उनको साथ भ्रमण गरेका अन्य उनका निजी कर्मचारी भने अहिले सम्म नेगेटिभ नै देखिएका छन् ।