झापा, पुस १२। झापामा विभिन्न दलका हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा अहिले पार्टी प्रवेश गरिरहनुभएको छ ।
साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्