जनता टाइम्स

२० पुष २०७८, मंगलवार १६:२०

गुल्मीमा रित्तियो माओवादी केन्द्र : सिङ्गो पालिकाका नेता–कार्यकर्ता एमालेमा समाहित


गुल्मी पुस २० । गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाका उम्मेद्वारसहित ७० प्रतिशत कार्यकर्ता एमालेमा समाहित भएका हुन ।

छत्रकोट गाउँपालिकाका ०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डेसहित नेकपा आमोवादीबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि केही प्रभावशालाी नेतासहित सयौं कार्यकर्ता एमालेका प्रबेश गरेका छन् ।

नव प्रवेसी नेता–कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका लगाएर स्वागत गर्नुभयो । एमाले प्रवेश गरेपछि प्रभावशाली नेता रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले अघि बढाएको समृद्धिको अभियान र नेपाली कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न प्रवेश गरेको बताउनु भयो ।

दुवै नेताले नेकपा आमोवादी केन्द्र जनताको जनभावना अनुसार चल्न नसकेको कारण आफूहरु एमालेमा समाहित भएको बताउनु भयो । यो देशमा कम्युनिष्टहरु एक भएर अगाडि बढाउनको लागि नेकपा एमालेले मात्रै अगुवाइ गर्न सक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा समाहित भएर अघि बढन पनि उहाँहरुले अपिल गर्नुभएको छ ।

रामप्रसाद पाण्डे र सरोज पाण्डे छत्रकोट गाउँपालिकाका माओवादी केन्द्रका लोकप्रिय युवा नेता हुनुहुन्छ । उहाँहरु नेकपा एमालेमा प्रवेश गरेसँगै बाँकी रहेका नेता तथा कार्यकर्ता पनि विस्तारै प्रवेश गर्ने बताइएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु सहभागि हुनुहुन्थ्यो ।