जनता टाइम्स

२१ पुष २०७८, बुधबार २०:०८

देउवाको दूत बनेर बालकोट पुगे रामचन्द्र, यस्तो छ ओलीको जवाफ


काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवाको दुत बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुग्नुभएको छ । बरिष्ठ नेता पौडेल सभापति एवं प्रधानमन्त्री देउवाको दूतका रुपमा आज साँझ बालकोट पुग्नुभएको हो ।

आज साँझ ओली निवास बालकोट पुगेर नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो । देउवाको दूतका रुपमा यसअिघ सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की दुई पटक बालकोट पुग्नुभएको थियो । अध्यक्ष ओलीसँगको भेटमा पौडेलले संसदको अवरोध खुलाउन आग्रह गर्नुभएको छ ।

जवाफमा अध्यक्ष ओलीले एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै रहने बटमलाइन सुनाउनु भएको छ । उहाँले एमाले लोकतन्त्र र संबिधानको पालनामा कँही कतै नचुक्ने भन्दै संसद अवरोध हटाउन पहिला आफूहरुले कार्वाही गरेको सांसदलाई हटाउनु पर्ने प्रष्ट पार्नुभएको हो ।