जनता टाइम्स

२२ पुष २०७८, बिहीबार १२:४१

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ


काठमाडौं, २२ पुस । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।