जनता टाइम्स

१७ असार २०७६, मंगलवार १०:३४

११ र १२ पढ्नको लागि सानिमा बैंकको छात्रवृत्तिमा आवेदन खुल्ला


काठमाडौं, असार १७

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहनगर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

बैंकले ७ वर्ष देखि काठमाडौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिदैं यस बैंकले प्लस टु अध्ययनगर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदनखुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १०, २०७६ सम्म दिन सकिने छ ।

यो छात्रवृत्ति बंैकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई प्लस टु अध्ययनकालागि दिइदै आएको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामालाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २,०००÷– नगद वृत्ति सहित २ वर्षकालागि छाज्ञत्रवृत्ति प्रदान गर्ने जानकारी दिएको छ ।