जनता टाइम्स

१७ असार २०७६, मंगलवार १०:४५

जनता बैंकका एकै साथ ६ नयाँ शाखाबाट कारोबार शुरु


जनता बैंक नेपाल लिमिटेडले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यकाबाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद बृजेश कुमार गुप्तालेगर्नुभयो । यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थलीखरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटनगर्नुभयो भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमाउद्घाटन सम्पन्नभयो ।

जनता बैंकको शाखा संजाल शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १४१ पुगेको छभने काठमाडांै उपत्यकामा २३ शाखा रहेकाछन् ।