जनता टाइम्स

१७ असार २०७६, मंगलवार १०:५१

मुक्तिनाथविकास बैंकको सुर्यविनायक र कागेश्वरी मनोहरामा नयाँ शाखा


काठमाडौं, असार १७

मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखाकार्यालय विस्तार गरेको छ ।

सुर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गर्नुभयो । शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यमगर्ने व्यवसायीका साथै ठूला ठूलाउद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदानगर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यस्तै गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरानगरपालिकाका मेयर कृष्णहरी थापाले गर्नु भयो।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. मार्फत सुविधा दिदै आएको छ ।