जनता टाइम्स

२ माघ २०७८, आईतवार १४:४२

पैसाबिना हुँदैन माधवको मन्त्रालय कुनै काम, यस्तो छ प्रमाण


काठमाडौं, माघ २ । जनतासँग गरेको बाचाबिपरित आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसको दलालीमा लाग्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पैसा उठाएर बाँकी जिन्दगी चलाउनकै लागि मात्र नयाँ पार्टी खोलेको तथ्य बाहिर आएको छ । माधवले नेतृत्व गरेको पार्टीबाट मन्त्री बनेकाहरुले आर्थिक लेनदेनका आधारमा मात्रै नियुक्ति र सरुवा बढुवा गरेपछि यो तथ्य बाहिर आएको हो ।

पूर्वपर्यटन मन्त्रीसमेत रहनुभएका एमाले सचिव योगेश भट्टराईले सगरमाथा टेलिभिजनसँगको कुराकानीमा लेनदेनको आधारमा नियुक्ति गरिएको र एक बिवादित होटलसँग मन्त्रीले २५ करोड रुपैयाँ मागेको प्रमाण आफूसँग रहेको भन्दै माधवका मन्त्रीहरु असुलीमै लागेको खुलासा गर्नुभएको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपछि ओली सरकार हटाउन कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनमा माधव सहभागी हुनुभएको हो ।

सर्वाेच्च अदालतले माधवकै आधार मानेर परमादेश जारी गरी देउवा प्रधानमन्त्री नियुक्त हुनुभएपछि सांसद र केन्द्रीय कमिटीबाट हटाएका गैर कानूनी ब्यक्तिलाई मान्यता दिएर २० प्रतिशतका आधारमा माधवले नयाँ पार्टी खोल्नुभएको थियो । पार्टी खोलेसँगै देउवा सरकारमा माधवको पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, सहरी बिकाश मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय पाएको थियो । सो मन्त्रालयमा क्रमशः बिरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान (कृष्णकुमार) श्रेष्ठ मन्त्री बन्नुभएको छ । स्वास्थ्य मन्त्रालयमा भवानी खापुङ राज्यमन्त्री हुनुहुन्छ । एमाले सचिव तथा पूर्वमन्त्री भट्टराईको खुलासा पर्यटनमन्त्री आले असुलीमा लागेको तर्फ केन्द्रित भए पनि सवै डिल माधवले नै गर्ने गरेको पाइएको छ ।

माधव कमरेडको खर्चबर्च कहाँबाट चलेको छ भन्ने पनि थाह छ । कसरी नियुक्तिहरुमा पैसा उठाइएको छ भन्ने सव तथ्यांक छ । पैसाको लेनदेनबाट नियुक्ति भएको मलाइ थाह छ,’ भट्टराईले भन्नुभयो, ‘कुनै एउटा होटलमा बिवाद छ, त्यो होटलको बोर्ड बैठकमा मन्त्री २०/२५ करोड मागिरहेको छ भनेर जिम्मेवार मान्छेले भन्छ । यस्तो निकृष्ट काम गर्नेहरुको के कुरा गर्नु ? माधव नेपालको पार्टीको सम्पुर्ण खर्च कस्ले बेहोरिरहेको छ ? हेलिकोप्टरमा उडिरहनु भएको छ, कहाँबाट आयो ? उहाँसँग त लेवी उठाउने अवस्था पनि छैन । माधव नेपालको पार्टी ठूलो पनि छैन । फेरि प्रधानमन्त्री बन्ने अवस्था पनि छैन उहाँको पार्टी

‘माधव नेपालको पार्टीबाट मन्त्री बनेकाहरुबाट पछिल्ला नियुक्तिहरुमा लेनदेन भइरहेको छ । मसँग प्रमाण छ, कसलाई बुझाए भन्ने पनि मलाई थाह छ । मन्त्रीले कार्यकक्षमै बोलाएर कसरी हप्कीदप्की गरेर पैसाको बार्गेनिङ गरिरहेका छन ? त्यो सवै मलाई थाह छ,’ पूर्वमन्त्री भट्टराईले भन्नुभएको छ । उहाँले आफ्नो कार्यकक्षमा नै मुलधारका केही पत्रकार राखेर आफू लुटने कुरालाई अन्यत्र मोडन फेक समाचार उत्पादन गरिरहेको र त्यसबारे पनि आफू जानकार रहेको खुलासा गर्नुभएको छ । ‘केही मिडियाका रिपोर्टरलाई आफ्नो बनाइएको छ । उनीहरु मन्त्रालयमा बस्छन र न्यूजको प्लटिङ गरिन्छ । त्यही बसेर हामीबिरुद्ध मिसन बनाइएको छ,’ भट्टराईले भन्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले जोहो गरिदिएको प्रेम आले र किसान श्रेष्ठ जस्ता बदनाम मानिसको खर्चपर्चमा माधव नेपालले पार्टी चलाइरहेको तथ्य पनि खोल्नुभएको छ ।

‘माधव कमरेडको खर्चबर्च कहाँबाट चलेको छ भन्ने पनि थाह छ । कसरी नियुक्तिहरुमा पैसा उठाइएको छ भन्ने सव तथ्यांक छ । पैसाको लेनदेनबाट नियुक्ति भएको मलाइ थाह छ,’ भट्टराईले भन्नुभयो, ‘कुनै एउटा होटलमा बिवाद छ, त्यो होटलको बोर्ड बैठकमा मन्त्री २०/२५ करोड मागिरहेको छ भनेर जिम्मेवार मान्छेले भन्छ । यस्तो निकृष्ट काम गर्नेहरुको के कुरा गर्नु ? माधव नेपालको पार्टीको सम्पुर्ण खर्च कस्ले बेहोरिरहेको छ ? हेलिकोप्टरमा उडिरहनु भएको छ, कहाँबाट आयो ? उहाँसँग त लेवी उठाउने अवस्था पनि छैन । माधव नेपालको पार्टी ठूलो पनि छैन । फेरि प्रधानमन्त्री बन्ने अवस्था पनि छैन उहाँको पार्टी ।’

उहाँले पर्यटनमन्त्री आलेजी लण्डनबाट नेपाल बिमानस्थलमा देखिएको दृष्य नै बदमासको प्रमाण रहेको बताउनु भयो । ‘आलेजी फर्किदाको लगेज चेक गर्नुस न त । आलेजीको लगेज किन चेक गरेको छैन । म पनि मन्त्री भएर बिदेशबाट आएको हुँ,मैले लगेज सेकुरिटि चेकिङबाटै आएको हुँ,’ भट्टराईले भन्नुभयो ।

उहाँले नेपाल एअरलाइन्सको सुधारको काम नगर्ने तर आफ्नो लुटमा पर्दा हाल्न अरुका नभएको बिषय मन्त्रालयमै पत्रकार राखेर समाचार बनाउने काम मन्त्री आलेसहितका माधवका मन्त्रीले गरिरहेको बताउनु भयो । ‘नेपाल एअरलाइन्सको १६५ जना करारका कर्मचारी हटाउन भनें मैले । बिभिन्न मन्त्रीका पालामा नियुक्त भएका तर काम नै नभएका ती कर्मचारी हटाउ भनेको हुँ मैले । नेपाल एअरलाइन्समा मान्छे नियुक्त नगर्ने मन्त्री म र रबिन्द्र अधिकारी मात्रै हो । अरु सवैले नियुक्त गरेका छन । ती मन्त्रीको नाम म अहिले भन्न चाहन्न,’ पूर्वपर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले नेपाल एअरलाइन्सलाई सानका साथ चलाउने, मागी खाने होइन, गरिखाने हो भन्ने देखाउन आफूले नियुक्त गरेको महाप्रबन्धलाई काम नै गर्न नदिएर एअरलाइन्स डुवाउने खेलमा मन्त्री नै लागेको बताउनु भयो । ‘मैले ल्याएको एमडिलाई काम गर्न दिएको भए सक्थ्यो तर काम गर्नै दिएनन । मन्त्री, सचिव, अध्यक्ष र कर्मचारी नै बाधक भए,’ भट्टराईले भन्नुभयो ।