जनता टाइम्स

३ माघ २०७८, सोमबार १२:०१

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ बजार भाउ


काठमाडौं, माघ ३ । सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।