जनता टाइम्स

५ माघ २०७८, बुधबार १५:१३

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, यस्तो छ कार्यक्रम


वासिङटन डिसी, माघ ५ । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आइपुग्नु भएको छ । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आउनु भएकी शाह ट्रष्टकै कामका लागि अमेरिका आइपुग्नु भएको हो । उहाँ सो ट्रष्टकी अध्यक्ष पनि हुनुहुन्छ ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उहाँ वासिङटन डिसी आइपुग्नुभएको छ । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आउनु भएको हो ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आउनु भएको छ । समाजसेवामा सक्रिय शाह ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेको बताउनु भएको छ ।