जनता टाइम्स

५ माघ २०७८, बुधबार १६:५४

पूर्वसचिवले नै गरे प्रेम आलेले चलाएको योगेश भट्टराईबिरोधी ‘फेकन्यूज’को भण्डाफोर


काठमाडौं, माघ ५ । पर्यटन मन्त्री प्रेम आलेले प्रलोभनमा पारेर मन्त्रालयबाटै पूर्वपर्यटन मन्त्री योगेश भट्टराईबिरुद्ध मिसन चलाउनु भएको तथ्य खुलेको छ । सुदुरपश्चिमतिर घर भएका पत्रकारलाई बोलाएर मन्त्रालयमै समाचार तयार पारी दैनिक पत्रिकामा प्रकाशन गरेको केही समयपछि नै मन्त्री आलेले पूर्वमन्त्री भट्टराईबिरुद्ध चलाउनु भएको मिसनको भण्डाफोर भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको कोटाबाट माधव नेपालको पार्टीतिर लाग्नुभएका आलेले मन्त्री भएदेखि नै एमालेका नेताहरुबिरुद्ध तथानाम गर्दै आउनु भएको छ । सोही क्रममा आफूले करोडौं असुली गर्ने योजना पूर्वमन्त्री योगेशले थाह पाएको सूचनाका आधारमा सुदुरपश्चिमतिर घर भएका केही पत्रकारलाई बोलाएर योगशमाथि जाइलाग्न भन्नुभएको थियो । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी संग्राहलयमा तात्कालिन मन्त्री योगेशले नै क्याफे राख्न लगाएको र सो काम नगर्दा आफूलाई सरुवा गरिएको समाचार प्रकाशन गरिएको थियो । तर जस्को नाम कोड गरेर फेक न्यूज तयार पारियो, उनै ब्यक्तिले नै आफूसँग सरोकार नरहेको र आफू योगेश मन्त्री हुँदा सचिव नै नरहेको भन्दै फेक समाचारको भण्डाफोर गर्नुभएको हो ।

केही दिनअघि कान्तिपुरलगायतका केही पत्रिकामा तात्कालिन सचिव कृष्णप्रसाद देवकोटाको हवाला दिँदै नारायणहिटी संग्राहलयमा क्याफे राख्न नमान्दा मन्त्री भट्टराईले सरुवा गरेको समाचार प्रकाशित भएको थियो । तर पूर्वसचिव देवकोटाले नै आफू योगेश मन्त्री हुँदा आफू पर्यटन सचिव नरहेको र आफ्नो नाममा आएको कुरा पूर्णतः फेक रहेको बताउनु भयो । टेलिभिजन कार्यक्रममा सञ्चारकर्मी रबि लामिछानेसँग कुरा गर्दै पूर्वसचिव देवकोटाले योगेशमाथि लगाइएको आफूले भनेको भनिएको सवै कुरा फेक रहेको बताउनु भयो ।

‘पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराई आउँदा म सचिव नै थिईंन, आफू हिडेपछि चासो राख्ने कुरा भएन,’ पूर्वमन्त्री एवं एमाले सचिव भट्टराईबिरुद्ध तयार पारिएको फेक न्यूजको भण्डाफोर गर्दै पूर्वसचिव देवकोटाले भन्नुभयो

‘पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराई आउँदा म सचिव नै थिईंन, आफू हिडेपछि चासो राख्ने कुरा भएन,’ पूर्वमन्त्री एवं एमाले सचिव भट्टराईबिरुद्ध तयार पारिएको फेक न्यूजको भण्डाफोर गर्दै पूर्वसचिव देवकोटाले भन्नुभयो । उहाँले भट्टराई मन्त्री हुनअघि नै आफू सचिव रहँदा ब्यवसायी आनन्दराज बतास आफूकहाँ क्याफे राख्ने प्रस्ताव लिएर आएको तर कुनै हालतमा नहुने भन्दै फिर्ता गरेको बताउनु भयो ।

‘बतासजी आउनु भएको थियो म सचिव हुँदा । मैले नारायणहिटीमा क्यान्टिन राख्ने योजना छ तपाईले फर्काइदिनु भएछ भन्नुभयो, मैले त्यो हुन्न, म हुँदासम्म क्यान्टिर राख्ने कुरा हुन्न, पछि सोच्नुहोला बतासजी भनें । त्यति भनेपछि बतासजीले मलाई कतैबाट दवाव दिनुभएन । मेरो स्वभाव थाह पाएर नै हो । म कन्भिन्स छैन त्यस कुरामा भनेपछि कुनै दवाव वा छलफल मसँग गर्नुभएन,’ पूर्वसचिव देवकोटाले भन्नुभयो ।