जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १२:२७

यस्तो छ आजको सुनचाँदीको बजार भाउ


काठमाडौं, ७ माघ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।