जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १८:०७

भौतिक पूर्वाधारमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै मधेश प्रदेशका आठै जिल्लामा प्रदर्शन, घन्किए यी नारा


जनकपुर, माघ ७ । सरकारमा बसेर सार्वजनिक रुपमा हिंसा भडकाउने अभिब्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई तत्काल बर्खास्त गर्न माग गर्दै मधेश प्रदेशमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । पदीय मर्यादाबिपरित अभिब्यक्ति दिने मन्त्री यादले तत्काल राजिनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने भन्दै युवा संघ नेपालले मधेस प्रदेशका सबै जिल्लामा आज विरोध प्रदर्शन गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका सहइन्चार्ज सञ्जिव कुमार झाका अनुसार सप्तरीदेखि रौतहटसम्मका आठ वटै जिल्ला कमिटीहरुले आज मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीले सदरमुकाममा नाराजुलुस र कतै टायर पनि बालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री यादवलाई बर्खास्त नगरे युवा संघले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी युवा र्संघका नेताहरुले दिएका छन् ।

मन्त्री यादवले बुधबार गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड जस्तै अर्को काण्ड मच्चाएर हत्या गर्ने धम्की दिनुभएको थियो । मर्यादा विपरितको उक्त अभिव्यक्तिका कारण मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न चर्काे दवाव परेपनि प्रधानमन्त्री शेरबहादुर देउवा चुपचाप बस्नुभएको छ । सोही कारण युवा संघले आज मधेश प्रदेशमै प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा मापसे सरकार मुर्दावाद, रेणु यादबलाई बर्खास्त गर, नरसंघारबादी मुर्दाबाद, राजनेता केपी ओली जिन्दावाद जस्ता नारा लागेको थियो ।