जनता टाइम्स

१० माघ २०७८, सोमबार १४:४४

राजश्व ठगलाई घरबाटै धमाधम क्यासिनोको लाइसेन्स बाँडदै पर्यटनमन्त्री प्रमे आले, ठूलै आर्थिक चलखेल


काठमाडौँ, माघ १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पदको चरम दुरुपयोग गदै ज्यान मार्ने मुद्दाका आरोपी देखि सम्पत्ति शुद्धिकरणको मुद्दा खेपि रहेका ब्यक्तिलाई क्यासिनो लाइसेन्स बाँडेको तथ्य बाहिर आएको छ ।

कोरोना भाइरस को ओमिक्रोन भेरियन्टको महामारीले जन जनजीवन आक्रान्त भइरहेको छ । सरकारले होटल लगायत देशभरका क्यासिनोहरू बन्द राख्न निर्देशन दिएको छ । तर मन्त्री आलेले न्युनतम् मापदण्ड समेत पुरा नगरेको विवादास्पद लगानीकर्ताहरुले चलाएका कम्पनीलाई धमाधम क्यासिनो लाइसेन्स बाँडेको तथ्य खुलेको छ ।

पर्यटन मन्त्री आलेले क्यासिनो सञ्चालनका लागि लाइसेन्स दिएकाहरु भने सबै राज्यका ओरापीहरु हुन् ।पर्यटन मन्त्री आलेले सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका विवादास्पद छविका व्यवसायी बलराम सापकोटादेखि ज्यान मुद्दा खेपेका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठ लगायतलाई क्यासिनोको लाइसेन्स दिनुभएको छ । क्यासिनोको लाइसेन्स दिने प्रक्रियामा मन्त्रालयका महाशाखा र पर्यटन विभाग समेत सामेल हुनुपर्ने नियम छ । तर मन्त्री आलेले मन्त्रीस्तरी निर्णय गर्दै क्यासिनो सञ्चालनका लागि धमाधम अनुमति दिएको पर्यटनमन्त्रालयका एक कर्मचारीले बताउनुभयो ।

मुद्दा खेपीरहेका ‘बले’लाई लाइसेन्स

पर्यटनमन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा क्यासिनो भेगासलाई लाइसेन्स दिनुभएको तथ्य बाहिर आएको छ । भेगास उनै बले अर्थात् सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका विवादास्पद गुण्डा नाइके रुपमा चिनिएका बलराम सापकोटाको हो ।

सापकोटाले झापा मेचीनगरस्थित होटल मेची क्राउन प्लाजामा क्यासिनो खोल्न अनुमति माग गरेको भएपनि तत्कालिन मन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाले रोक्नुभएको थियो। तर, आलेले मन्त्री हुनासाथ अनुमति दिनुभएको हो । पर्यटन मन्त्री आलेले सापकोटाको फाइल आफै मन्त्री तानेर क्यासिनो सञ्चालनका लागि मन्त्रीपरिषद्मा लगेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीको भनाई छ । यदि कुनै सरकारी शुल्क तिर्न बाँकी भएको अवस्थामा क्यासिनो सञ्चालनको अनुमति पाइँदैन । तर सापकोटा राज्यको नजरमा आरोपी हुन् । तर उनै आरोपीतलाई मन्त्री आलले संचालको अनुमति दिनु भएको हो ।

सापकोटाविरुद्ध १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित सम्पत्ति शुद्धीकरण विभागले २०७७ असोज १९ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनकी श्रीमति सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

काभ्रे रोशी गाउँपालिकाका सापकोटा ९ कात्तिक ०७६ मा महाराजगञ्जमा जुवा अड्डाबाट दुई करोड ६७ लाख नगदसँगै हाई प्रोफाइल २५ जुवाडेसँगै पक्राउ परेका थिए। त्यसपछि उनको सम्पत्ति छानविन शुरु भएको थियो । आर्थिक लेनदेन गरेर उनलाई अनुमति दिइएको पर्यटन मन्त्रालयकै उच्च अधिकारीहरुको दाबी छ ।

ज्यान मार्ने मुद्दा खेपेका श्रेष्ठलाई अनुमति

पर्यटन मन्त्री आलेले ९ कार्तिक २०७८ गते नेपालगञ्जको होटल स्नेहामा रहने गरी ‘क्यासिनो बेल्लिज’ लाई पनि लाइसेन्स दिनुभएको छ । यो काठमाडौँको होटल मल्लस्थित ‘बेल्लिज क्यासिनो’का सञ्चालक ज्ञानेन्द्र श्रेष्ठको कम्पनी हो ।श्रेष्ठ बेबिलोन डिस्कोका राकेश लिम्बुदेखि रानीबारीमा इन्जीनीयर दम्पती र ललितपुरका मिनकृष्ण महर्जनमाथि आक्रमण गरेर ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका व्यक्ति हुन् ।श्रेष्ठले क्यासिनो सञ्चालन गर्न अनुमति दिएसँगै उनले अवैध रुपमा ४० करोड रकम ल्याएको दाबी छ । श्रेष्ठले एफडीआई नगरी श्रीलंकाबाट हुण्डीमार्फत उक्त रकम भित्राएर क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

पहिले भेन्टेज नेपालको नाममा रहेको उक्त क्यासिनोमा अहिले बेल्लिज प्रालि बनाई ७५ प्रतिशत श्रीलंकाली नागरिक अनुराधा परेरा, २१ प्रतिशत श्रेष्ठ र ४ प्रतिशत जीवन चन्द सेयर राखिएको छ । श्रीलंकाली नागरिकको नाममा सेयर राखिए पनि एफडिआई नगरी रकम ल्याइएको छ ।

कोरोनाले छेकेन अलफ्ट लाई अनुमति दिन

यसैगरी मन्त्री आलेले ५ माघ २०७८ मा चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँच तारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई स्वीकृत दिनुभएको छ । मन्त्री आलेले कोरोना भएर होम आइसोलेसनमै बसेको बेला क्यासिनो सञ्चालनको अनुमति दिनुभएको हो । यो ९० प्रतिशत चिनियाँ लगानी रहेको कम्पनी हो। यसमा १० प्रतिशत मात्रै नेपाली नागरिक अशेष मल्लको नाम छ । कठमाडौंमा होटल सांग्रिलामा एचएसएल, होटल सोल्टीमा क्यासिनो माजोङ, होटल हायातमा क्यासिनो प्राइड, होटल डेला अन्नपूर्णमा एटलान्टिक रिक्रिएसन, होटल मेरियटमा श्री डेल्टइन नेपाल प्रालि, होटल याक एन्ड यतीमा क्यासिनो रोयल, होटल मल्लमा बेल्लिज नेपाल प्रालि र होटल र्‌याडिसनमा क्यासिनो र्‌याड सञ्चालनमा छन्।

यी क्यासिनो अन्तरिम आदेशकै भरमा संचालनमा छन् । अदालतले ५ बर्षअघि दिएको अन्तरिम आदेशका आधारमा ८ वटा मिनी क्यासिनो संचालित छन् । रक इन्टरनेशनलले २०७१ असार १३ गते सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर ४ वटा मिनी क्यासिनो संचालन गरिरहेको छ ।