जनता टाइम्स

११ माघ २०७८, मंगलवार १९:३५

ओलीको स्वास्थ्यलाभको कामनासहित सप्ताहब्यापी रक्तदान अभियान चलाउँदै युवा संघ


काठमाडौं, माघ ११ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सप्ताहब्यापी रत्तदान अभियान सञ्चालन गर्ने भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै युवा संघले बुधवार भक्तपुरबाट रक्तदान अभियान सुरु गर्न लागेको केन्द्रीय प्रचार बिभाग प्रमुख माहाराज गुरुङले जानकारी दिनुभयो ।

नेकपा एमालेका श्रदेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासहित कोभिड १९ का कारण सृजित रक्त अभावलाई मध्य नगर गर्दै खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो, यस्को सुरुवात बुधवार भक्तपुरबाट हुनेछ,’ गुरुङले भन्नुभयो । उहाँका अनुसार बुधवार दिउसो २ बजे ओली निवास बालकोट नजिकै कार्यक्रम आयोजना गरिएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथी पूर्वमन्त्री एमाले पोलिटब्युरो सदस्यसमेत रहनुभएका युवा संघका इञ्चार्ज महेश बस्नेत हुनुहुन्छ ।