रसुवा, १२ माघ । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ हुनुहुन्छ । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ ।
उहाँहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताउनुभयो । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्