जनता टाइम्स

१२ माघ २०७८, बुधबार १८:४६

गोला तान्दा गुरुलाई धोका, बस्नेत निर्वाचित


बिराटनगर, माघ १२ । राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी हुनुभएको छ। निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोला तानेर बिजयी घोषित गरिएको हो ।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याउनु भएको थियो । प्रदेश १ बाट अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा र महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई विजयी हुनुभएको छ ।