जनता टाइम्स

१३ माघ २०७८, बिहिबार ११:३०

ह्वात्तै घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १३ माघ । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।