काठमाडौं, माघ १४ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुने बताउनु भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु स्थानीय तहको चनाव नगराउने षडयन्त्रमा लागेपछि थापाले आफ्नो धारणा राख्दै कुनै पनि बहानामा चुनाव टार्न नमिल्ने बताउनु भएको हो ।
सत्ता गठबन्धन जसरी पनि स्थानीय तहको निर्वाचन नगराउने र स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर संबिधानमाथि प्रहार गर्ने योजनामा छन । खासगरी चुनावमा पत्तासाफ हुने त्रासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चुनावको बिपक्षमा उभिनुभएको छ । यही बहश चलिरहँदा थापाले प्रतिगामी काम नगर्न सचेत गराउनु भएको हो ।
‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ।कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन।यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ,’ थापाले भन्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्