जनता टाइम्स

१६ माघ २०७८, आईतवार १२:११

आज फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ, १६ माघ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।