सर्लाही, १७ माघ । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका–८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका–८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई–टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो ।













प्रतिक्रिया दिनुहोस्