ललितपुर, माघ १८ । ललितपुरको वागमति गाउपालिकामा नेपाली कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । बागमति गाऊँपालिका ४ प्यूटारमा मंगलवार आयोजित एक समारोहबीच नेपाली कांग्रेस परित्याग गरी ती युवा नेताहरु नेकपा एमालेमा प्रबेश गरेका हुन ।
नवप्रवेसीहरुलाई एमाले नेता तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । कांग्रेस प्रचण्डको भरिया बनेर पार्टीको नीति र देश निर्माणको योजनाबाट भागेको कारण आफूहरु एमालेमा आएको नवप्रवेसीको भनाई छ ।


















प्रतिक्रिया दिनुहोस्