काठमाडौँ, २० माघ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्