जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १४:२५

स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज


सप्तरी २१ माघ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गर्नुभएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ ।

तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोजको आयोजना गर्नुभएको हो । उहाँले पाँचवटा सभा गरेर सयौँ मानिसलाई भोजमा सहभागी गराउनुभएको हो । पाँच सभा भोजमा १० देखि २५ गाउँका मानिस सहभागी रहेका थिए । अध्यक्ष यादवको आमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।