काठमाडौं, २५ माघ । आज शेयर बजारको परिसूचक नेप्से १६.३० अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २८३५ अंकमा कायम भएको छ । कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लाग्यो । कुल ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ ।
यसअघि सोमबार ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अंकले बढेको थियो । आज बैंकिङ ६, विकास बैंक ५१, फाइनान्स ९, जलविद्युत ५३, जीवन बीमा १६८, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह २ अंकले घटे । त्यस्तै व्यपार २, निर्जीवन बीमा ५६, उत्पादन २७ र होटल तथा पर्यटन ३ अंकले बढे ।
कुल ४० कम्पनीको मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, निफ्रा, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमशः अगाडि रहे ।
आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । हिजो सोमवार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि शेयर बजार बढ्ने विश्लेषकहरूले अनुमान गरेका थिए । तर चुनावको मिति घोषणाको उत्साह भने बजारमा देखिएको छैन ।













प्रतिक्रिया दिनुहोस्