सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सरकारले शुक्रबार भण्डारीलाई अर्को स्पष्टीकरण सोधेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हस्ताक्षर गरेको स्पष्टीकरण भण्डारीलाई शुक्रबार बेलुका दिइएको थियो । ‘तपाईलाई किन बर्खास्त नगर्ने’ स्पष्टीकरण माग गरिएको पत्रमा लेखिएको छ । तीनदिने म्याद रहेको स्पष्टीकरणको जवाफ मन्त्रालयलाई आइतबार पेस गरेको प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्