मुगु, २५ माघ । छायानाथ रारा नगरपालिका–४ का वडा अध्यक्ष विष्णुकुमार भामले आज एक कार्यक्रमका बीच १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
आर्थिक अवस्था न्यून भएका दलित, गरिब, विपन्न परिवारको पहिचान गरी भामले छायानाथ रारा नगरपालिकाका–१३ का रुगा, लापु, थार्पका १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
वडा अध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट दलित परिवारका बालबालिकालाई सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष भामले कापी, कलमलगायत सामग्रीसमेत सहयोग गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्