जनता टाइम्स

२५ माघ २०७८, मंगलवार १९:०८

लुकाएर राखेको जीवीत सालकसहित एकजना पक्राउ


कैलाली, २५ माघ । प्रहरीले दुर्लभ वन्यजन्तु जीवित सालकसहित एक जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालकसहित सोही नगरपालिका–१ का जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो । चौधरीलाई उक्त सालकसहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ।