जनता टाइम्स

२५ माघ २०७८, मंगलवार १९:१२

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक पक्राउ


काठमाडौं, २५ माघ । स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई आज बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताउनुभयो ।

उहाँका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ । उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ । बालाजुले राजश्व अनुसन्धान विभाग पठाएको छ ।