जलेश्वर, २७ माघ । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलागी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।













प्रतिक्रिया दिनुहोस्