सिन्धुपाल्चोक, माघ २८ । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नवौ जिल्ला अधिबेशनको उदघाटन भएको एक महिनापछि अध्यक्षमण्डलले सवै आकांक्षीलाई सहमत गराई नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा शुसिला पाख्रिन र चिरन तामङ चयन हुनुभएको छ । यस्तै जिल्ला कमिटी सदस्यहरु पनि सर्वसम्मत चयन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्